भारत दक्षिण अफ्रिकासंग पराजित

सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ : टि–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा भारतलाई दक्षिण अफ्रिकाले पराजित गरेको छ ।

आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ३ विकेटको जित निकालेको हो । जितका लागि भारतले दिएको १२५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा सात विकेट गुमाउँदै पुरा गरेको हो । दक्षिण अफ्रिकाको जितमा  ट्रिस्टन स्टब्सले ४७ रन जोडे । रीजा हेन्ड्रिक्सले २४ तथा  रायन रिकेल्टने १३ रन जोडे ।

त्यस अघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १२४ रन बनाएको थियो  भारतका लागि हार्दिक पाण्डेले सर्वाधिक ३९ रनको योगदान गरे ।  अक्षर पट्टलले २७ तिलक बर्माले २० रन बनाए पनि अन्य कुनै पनि ब्याटलले दोहोरो अंकको रन बनाउन सकेनन्  ।

यो सँगै चार खेलको टि–२० श्रृंखलामा दक्षिण अफ्रिकाले  एक-एकको बराबरी गरेको छ ।

पहिलो खेलमा भारत ६१ रनले विजयी भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्