नेपाल पुलिस प्रधानमन्त्री कपको शीर्षमा

बिहीबार, चैत १२, २०८२
Global

काठमाडौँ :नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहिवार भएको खेलमा बागमती क्लबलाई ७ विकेटले हराउँदै पुलिस लगातार दोस्रो जित सहित शीर्षमा पुगेको हो । जितकालागि बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

पुलिसको जितमा शंकर रानाले शतकिय पारी खेल्दै सर्बाधिक ११६ रन बनाए । दिनेश खरेलले ७० तथा आरिफ शेख ४३ रनमा अविजित रहे ।

त्यअघि टस जितेर पहिले ब्याटिङ थालेको बागमती ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएको थियो ।

उसकालागि पवन थापाले ७९ तथा इशान पाण्डेले ७० रन जोडे । 
 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्