सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट प्रतियोगिता 'इन्डियन प्रिमियर लिग' को १९ औँ संस्करण भोलिदेखि सुरु हुँदैछ। तर, यसपटक प्रतियोगिताको सुरुवातमै देखिने सांगीतिक र सांस्कृतिक तामझाम भने हुने छैन।
भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाले यसबारे पुष्टि गर्दै यस वर्ष उद्घाटनका दिन कुनै पनि औपचारिक समारोह आयोजना नगरिने जानकारी दिनुभएको छ। गत वर्ष जुन ४ तारिखका दिन भएको एउटा बीभत्स घटनाका कारण बोर्डले यो निर्णय लिएको हो।
गत वर्ष रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो पटक उपाधि जितेपछि बैंग्लोरमा निकालिएको विजय उत्सवका क्रममा भागदौड मच्चिँदा ११ जनाले ज्यान गुमाएका थिए। सोही शोकलाई सम्मान गर्दै बोर्डले यस वर्ष पहिलो दिनको सांस्कृतिक प्रस्तुतिलाई हटाएको हो।
तालिका अनुसार, प्रतियोगिताको पहिलो खेल भोलि चैत १५ गते (मार्च २८) रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबादबीच हुनेछ। सुरुवाती समारोह नभए पनि आगामी जेठ १७ गते (मे ३१) हुने अन्तिम खेलका दिन भने भव्य समापन समारोह आयोजना गर्ने लक्ष्य राखिएको छ।