T10 T10

टेस्ट राष्ट्र आयरल्यान्डले नेपालस‌ङ्ग नियमित एक दिवशीय र टी-२० सिरिज खेल्ने

शनिबार, चैत ७, २०८२
Global

काठमाडौँ :नेपाली क्रिकेट प्रशंसकहरूका लागि एउटा खुसीको खबर छ। टेस्ट राष्ट्र आयरल्यान्डको क्रिकेट बोर्डले नेपाल क्रिकेट संघ (क्यान )र युएई क्रिकेट बोर्डसँग एक दीर्घकालीन सम्झौता गरेको छ।

यस सम्झौताअनुसार अब आयरल्यान्डको पुरुष राष्ट्रिय टोलीले नेपाल र युएईसँग नियमित रूपमा  एकदिवसीय र टी-२० सिरिजहरू खेल्नेछ। यो सहकार्यले नेपाली टोलीलाई टेस्ट राष्ट्रसँग बढी एक्सपोजर पाउने बाटो खोलेको छ।

यसैबीच, आयरल्यान्ड क्रिकेटले युरोपमा क्रिकेटको विकासका लागि ‘युरो नेशन्स कप’ नामक नयाँ प्रतियोगिताको अवधारणा पनि अघि सारेको छ। क्रिकइन्फोका अनुसार एसिया कपको ढाँचामा हुने यस प्रतियोगितामा आयोजक आयरल्यान्डसहित इङ्ग्ल्याण्ड, स्कटल्याण्ड, नेदरल्यान्ड्स र इटालीजस्ता युरोपेली टोलीहरूको सहभागिता रहने सम्भावना छ।

यो नयाँ संरचनाले विश्व क्रिकेटमा युरोपेली र एसियाली एसोसिएट राष्ट्रहरूको स्तर उकास्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्