नेपाली क्रिकेटको ८ खेलाडी युरोपेली लिगमा अनुबन्धित

बुधबार, चैत ११, २०८२
Global

काठमाडौं:- नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ।

आगामी जुन ६ देखि १४ (२०२६) सम्म बेल्जियममा आयोजना हुने पहिलो EU T20 League का लागि नेपालका ८ जना हस्ती खेलाडीहरू छानिएका छन्।
ड्राफ्टमा विश्वचर्चित विदेशी खेलाडीहरूसँगै नेपाली खेलाडीहरूमाथि पनि विभिन्न टिमले ठूलो भरोसा देखाएका हुन्। 
सबैभन्दा रोचक पक्ष त के छ भने, JB Bruges टिममा नेपालका ५ जना खेलाडीहरू एकैसाथ देखिनेछन्। नेपाल प्रिमियर लिग (NPL) को जनकपुर बोल्ट्ससँग आवद्ध रहेको यस टिमले नेपाली खेलाडीहरूको प्रतिभालाई युरोपको मैदानमा उतार्ने भएको छ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई Ghent Gladiators ले आफ्नो टोलीमा भित्र्याएको छ।

JB Bruges: दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, ईशान पाण्डे, अनिल शाह र गुल्सन झा।
Ghent Gladiators: रोहित पौडेल (कप्तान)।
Liège Red Lions: सन्दीप लामिछाने।
Antwerp Anchors: आसिफ शेख।

नेपाली खेलाडीहरूले फाफ डु प्लेसिस, शोएब मलिक र कोलिन मुनरो जस्ता क्रिकेटका हस्तीहरूसँगै एउटै मैदानमा प्रतिस्पर्धा गर्नेछन्।
ईशान पाण्डे, आसिफ शेख र ललित राजवंशीका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लिग हुनेछ, जसले उनीहरूको करियरमा नयाँ उचाइ थप्ने निश्चित छ।यो प्रतियोगिताले नेपाली खेलाडीहरूलाई युरोपेली कन्डिसनमा खेल्ने अनुभव मात्र दिने छैन, विश्व क्रिकेटको ध्यान नेपालतर्फ अझ बढी केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्