T10 T10
युरोकप फुटबल :

युरोकपको सेमिफाईनलमा आज नेदरल्याण्ड र इंग्ल्याण्ड भिड्दै

बुधबार, असार २६, २०८१
Global

एजेन्सी : युरोकप फुटबलको दोस्रो सेमिफाईनलमा आज नेदरल्याण्ड र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

जर्मनीको सिंगल इन्दु पार्कमा नेपाली समयअनुसार आज राती पौने १ बजे हुने खेलको विजेताले आइतबार राति हुने फाइनलमा स्पेनसँग  उपाधिका लागि खेल्नेछ । सन् १९९८ मा च्याम्पियन बनेपछि नेदरल्यान्ड्स युरोपेली च्याम्पियनसिपको फाइनलमा पुगेको छैन।

पछिल्लो पटक नेदरल्यान्ड्सले सन् २००४ मा सेमिफाइनल खेलेको थियो। सन् १९६६ मा विश्वकप जितेको इङ्ग्ल्यान्ड अहिलेसम्म युरो च्याम्पियन बन्न सकेको छैन। इङ्ग्ल्यान्ड र नेदरल्यान्ड्स दुवै टिम क्वाटरफाइनलमा पुनरागमन जित हासिल गरेर अगाडि बढेका हुन् ।

पछिल्ला पाँच वर्षमा दोस्रो पटक यी दुई महारथी फुटबल टिम सेमिफाइनलमा भिड्न लागेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्