T10 T10

जय ट्रफी :फाइनलमा आर्मी बलियो, पुलिस दबाबमा

बुधबार, चैत ४, २०८२
Global

काठमाडौं :जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनलमा साविक विजेता नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले बलियो अग्रता बनाएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलको दोस्रो दिन सकिँदा आर्मी १ सय ७८ रनले अगाडि रहेको छ । दोस्रो पारीमा आर्मीले ५२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको हो । आर्मीका लागि कुशल मल्लले ३६ र भीम सार्कीले ३२ रन बनाए । पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३–३ विकेट लिए भने करण केसीले २ विकेट लिए । यसअघि पुलिस क्लब पहिलो पारीमा ६१ दशमलव ४ ओभरमा २ सय २१ रनमा समेटिएको थियो ।

पुलिसका लागि करण केसीले अविजित ७२ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ आर्मीका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । उनले १४ ओभरमा ५४ रन खर्चेर ३ मेडनसहित ५ विकेट लिएका हुन् ।

पहिलो दिन आर्मी पनि आफ्नो पहिलो पारीमा २ सय २१ रनमै अलआउट भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्