T10 T10
साफ यू-२० च्याम्पियनसिप

भुटानलाइ हराउँदै नेपालको विजयी सुरुवात

सोमबार, चैत ९, २०८२
Global

काठमाडौँ:साफ यू-२० च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सको मालेमा जारी खेलमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा सम्पन्न प्रतिस्पर्धामा नेपालले भुटानमाथि दुई–एकको रोमाञ्चक जित दर्ता गरेको हो।

नेपालका लागि खेलको पाँचौँ मिनेटमा सुजन डंगोलले फ्री–किक मार्फत पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा एक शून्यको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल थप्यो। खेलको ५२ औँ मिनेटमा सुवाष बमले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए।

भुटानका लागि खेलको ८३ औँ मिनेटमा धेनदुपले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। यो जितसँगै नेपालले समूह चरणमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ। नेपालले अब आफ्नो दोस्रो खेल आगामी बुधबार श्रीलङ्कासँग खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्