सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँःब्राजिलका भेट्रान फरवार्ड नेमार जुनियरको आगामी सन् २०२६ को फिफा विश्वकप खेल्ने सपना अब लगभग समाप्त हुने अवस्थामा पुगेको छ।
ब्राजिल फुटबल संघसँग बढ्दै गएको तनाव र प्रशिक्षकसँगको दूरीका कारण नेमारको राष्ट्रिय टोलीमा पुनरागमन निकै कठिन देखिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार फुटबल संघभित्रको आन्तरिक विवादका कारण नेमारको चयन अब "अत्यन्त जटिल र असम्भव" जस्तै बनेको छ। हालै मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले फ्रान्स र क्रोएसिया विरुद्धका महत्त्वपूर्ण अभ्यास खेलहरूका लागि टोली घोषणा गर्दा नेमारलाई बाहिर राखेका छन्।
टोलीमा नपरेपछि नेमारले सामाजिक सञ्जालमार्फत आफ्नो निराशा र दुःख व्यक्त गरेका थिए।
चोटपटक र फिटनेसको समस्या खेपिरहेका नेमारले टोलीमा फर्कन चाहेको बताए पनि फुटबल संघले उनको पछिल्लो व्यवहार र प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको छैन।
यसअघि सन् २०२६ को विश्वकप आफ्नो अन्तिम खेल हुन सक्ने संकेत गरेका नेमारका लागि अब राष्ट्रिय जर्सीमा मैदान उत्रने बाटो बन्द हुने सम्भावना प्रबल बनेको छ।