ADD FOR WEBSIDE ADD FOR WEBSIDE

युरोकपमा आज एम्बाप्पे र रोनाल्डो भिड्दै

शुक्रबार, असार २१, २०८१

एजेन्सी : युरोकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाईनलका खेलहरु हुँदै छन् ।

शुक्रवार हुने पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुने भएको छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ । स्पेन जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो भने जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गरेको हो ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन । जर्मनी र स्पेनले हालसम्म तीन–तीन पटक युरोकपको उपाधि जितेका छन् । शुक्रवार राति नै हुने दोस्रो क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुने छन् ।

यो खेल भने शुक्रवार राति पौने १ बजे सुरु हुने छ । पोर्चुगलले पेनाल्टी सुटआउटमा स्लोभेनियालाई ३–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो । यस्तै फ्रान्सले भने बेल्जियमको उपहार गोलमा क्वार्टर फाइनलको यात्रा तय गरेको छ । फ्रान्स र पोर्चुगलबिच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २८ खेल भएका छन् ।

१९ खेलमा फ्रान्स विजयी हुँदा ६ खेलमा पोर्चुगलले बाजी मारेको छ । यी दुई टोलीले तीन खेल भने बराबरी खेलेका छन् । यस पटकको युरोकपमा फ्रान्स स्टार खेलाडी एमबाप्पेको कप्तानीमा उत्रिएको छ । पोर्चुगलको नेतृत्व अर्का स्टार क्रिस्टियानो रोनाल्डोले गरिरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्