सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:- आगामी अप्रिलमा थाइल्यान्डमा आयोजना हुने ‘फिफा सिरिज–२०२६’ अन्तर्गतको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार ३२ सदस्यीय खेलाडीहरूको नामावली सार्वजनिक गरेको हो।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सदस्य राष्ट्रहरूलाई थप वैदेशिक एक्सपोजर र प्रतिस्पर्धी अनुभव दिलाउने उद्देश्यले यो सिरिज सञ्चालन गर्न लागेको हो। यस सिरिजमा नेपालले आफ्नो पहिलो चुनौतीको रूपमा अप्रिल १२ मा कंगोको सामना गर्नेछ। सोही दिन थाइल्यान्डले ओसिनियाको टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। पहिलो चरणका दुवै खेलका विजेताहरूबीच अप्रिल १५ मा उपाधि (फाइनल) का लागि भिडन्त हुनेछ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको प्राविधिक टोलीले अब यी ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोलीको छनोट गर्ने प्रक्रिया अघि बढाउनेछ।