एन्फाको कार्यकारी समिति तीन महिनाका लागि निलम्वित

बुधबार, चैत ११, २०८२
Global

काठमाडौँ:राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ बमोजिम आवश्यक प्रक्रिया नअपनाएको र कानुनी व्यवस्था पालना नगरेको भन्दै राखेपले आज यो निर्णय गरेको हो।

विशेष गरी निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र पटक-पटकको निर्देशन अवज्ञा गरेको राखेपको पत्रमा उल्लेख छ। विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै राखेपले अन्ततः एन्फामाथि यो कारबाही गरेको जनाएको छ।

1-1774451253.jpg

2-1774451284.jpg


 

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्