दक्षिण कोरियामा म्याग्देलीको सान: मंगला गाउँपालिकाले जित्यो भलिबलको उपाधि

आइतबार, चैत २२, २०८२
Global

फ्यङ्थेक :दक्षिण कोरियामा रहेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजनामा 'प्रथम पालिकास्तरीय तथा खेलाडी छनोट भलिबल प्रतियोगिता २०२६' भव्य रूपमा सम्पन्न भएको छ। कोरियाको फ्यङ्थेक क्षेत्रमा आयोजित उक्त प्रतियोगिताको उपाधि मंगला गाउँपालिकाले जितेको छ।

प्रतियोगितामा म्याग्दी जिल्लाका ५ वटा पालिकाबाट ६ वटा टोलीको सहभागिता रहेको थियो। फाइनल खेलमा मंगला गाउँपालिकाले बेनी नगरपालिका निलो (डडुवा) टोलीलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। विजेता मंगला गाउँपालिकाले ६ लाख वन नगदसहित ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता बेनी नगरपालिकाले ३ लाख वन नगद र मेडलमा चित्त बुझायो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मंगला गाउँपालिकाका अशोक 'उत्कृष्ट खेलाडी' घोषित हुँदै ५० हजार वन नगद पुरस्कार हात पारे। दक्षिण कोरियामा हुने आगामी भलिबल प्रतियोगिताहरूका लागि मोना म्याग्दीको आधिकारिक टिम तयार पार्न र खेलाडी छनोट गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको थियो। खेलको साथै मैदानमा विभिन्न नेपाली परिकारहरूको समेत व्यवस्था गरिएको थियो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्