आइपिएल

कोलकत्तालाई हराउँदै मुम्बईको विजयी सुरुवात

आइतबार, चैत १५, २०८२
Global

काठमाडौँ :इन्डियन प्रिमियर लिग (आइपिएिल)मा मुम्बई इन्डियन्सले विजयी सुरुवात गरेको छ ।

सोमवार राती भएको खेलमा कोलकत्ता नाईटराइडर्सलाई ६ विकेटले हराउँदै मुम्बईले विजयी सुरुवात गरेको हो । जितकालागि कोलकत्ताले दिएको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

मुम्बईको जितमा रायन रिकेल्टनले सर्वाधिक ८१ तथा कप्तान रोहित शर्माले ७८ रनको योगदान गरे ।

त्यसअघि वानखेडेमा टस हारेर पहिले ब्याटिङमा तानिएको कोलकत्ताले निर्धारित ओभरमा ४ विकेट गुमाएर २२० रन बनायो । उसकालागि कप्तान अजिन्क्या राहानेले ६७ तथा अंगकृष रघुवंशीले ५१ रन बनाए ।  

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  २३:३०
प्रतिक्रिया दिनुहोस्