T10 T10

एनभीए भलिबल लिग :वैशाख १० गतेदेखि

आइतबार, चैत ८, २०८२
Global

काठमाडौँ:नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने भनिएको 'दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग' को मिति सरेको छ। यसअघि यही चैत १९ गतेदेखि २८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको यो प्रतिष्ठित प्रतियोगिता प्राविधिक कारणले गर्दा केही समय पछि धकेलिएको हो।

नेपाल भलिबल संघका अनुसार अब यो लिग आगामी नयाँ वर्ष २०८३ वैशाख १० गतेदेखि १९ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना हुनेछ। संघले विशेष प्राविधिक कारण देखाउँदै प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको जानकारी दिएको छ।

देशका उत्कृष्ट महिला तथा पुरुष टोलीहरूबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिताका सबै खेलहरू हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ। राष्ट्रिय खेल भलिबलको यो ठूलो प्रतियोगितामा विभागीय टोली र विभिन्न क्लबहरूको सहभागिता रहनेछ। मिति सरे पनि खेललाई अझ भव्य र व्यवस्थित बनाउने तयारीमा संघ जुटेको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्