सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :इन्डियन प्रिमियर लिग आईपीएलको बजार मूल्यमा नाटकीय वृद्धि देखिएको छ।
पछिल्लो खरिदबिक्रीसँगै रोयल च्यालेन्जर्स बेंगलुरु आरसिबी अब लिगकै सबैभन्दा मूल्यवान टोली बनेको छ। आरसिबीको पुरुष र महिला दुवै टोलीलाई चारवटा ठूला कम्पनीहरूको समूहले १.७८ अर्ब अमेरिकी डलर करिब १६,७०६ करोड भारतीय रुपैयाँमा खरिद गरेका हुन्। आदित्य बिर्ला समूह, टाइम्स अफ इन्डिया समूह, बोल्ट भेन्चर्स र ब्ल्याकस्टोन पर्पेचुअल निजी इक्विटी स्टार्टीजीले किनेको हो । यी कम्पनीहरूले पुरानो मालिक युनाइटेड स्पिरिट्स लिमिटेडबाट शतप्रतिशत सेयर खरिद गरेका हुन्। सम्झौतापछि पूर्व क्रिकेटर आर्यमान बिर्लालाई क्लबको नयाँ अध्यक्ष नियुक्त गरिएको छ। सन् २००८ मा सुरु हुँदा आरसिबीको मूल्य मात्र १११.६ मिलियन डलर थियो। १९ वर्षको अन्तरालमा यसको मूल्य १६ गुणाले बढेर नयाँ उचाइमा पुगेको छ। यो ऐतिहासिक बिक्री आरसिबीका लागि खेल मैदानमा पनि सुखद समयमा आएको छ। आरसिबीको महिला टोलीले यसअघि नै दुईवटा डब्लुपिएल उपाधि जितिसकेको छ भने पुरुष टोलीले सन् २०२५ मा आफ्नो पहिलो आईपीएल उपाधि जितेर साविक विजेताको रूपमा रहेको छ।
यसअघि काल सोमानीको नेतृत्वमा राजस्थान रोयल्स १.६३ अर्ब डलरमा बिक्री हुँदै रेकर्ड राखेको थियो, जसलाई अहिले आरसिबीले उछिनेको छ।