सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा बागमतीले गण्डकी प्रदेशविरुद्ध फराकिलो जित निकालेको छ ।
मंगलवार मुलपानी मैदानमा भएको पहिलो बागमतीले गण्डकीलाई १७० रनले पाखा लगाएको हो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१.३ ओभरमा १२४ रनमा अलआउट भयो । उसकालागि अर्जुन कुमालले ७४ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् ।
त्यसअघि पहिले ब्याटिङ थालेको बागमतीले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा २९४ रन बनाएको थियो । उसकालागि इशान पाण्डेले ७१ तथा आषुतोश घिरैयाले ५९ रन जोडे । बागमती पहिलो खेलमा एपिएफसंग पराजित भएको थियो ।