सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँःप्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।
मंगलवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपिएफ विरुद्ध १८५ रनको पराकिलो जित निकालेको हो । जितकालागि पुलिसले दिएको किर्तिमानी ३५६ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १७० रनमा अलआउट भयो ।
उसकालागि नन्दन यादवले सवर्धाधिक ४४ तथा कमल ऐरीले ३५ रन बनाएपनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । एपिएफलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ओभरमा ९ विवेटको क्षतिमा ३५५ रन बनायो । पुलिसले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बनाएको योगफल अहिले सम्मकै उच्च योगफल हो । सन् २०१८मा एपीएफले तत्कालीन मधेश प्रदेश विरुद्ध ३३९ रन बनाएको थियो ।
पुलिसकालागि शंकर रानाले सर्वाधिक ६१ रन जोडे, दिनेश खरेलले ६० , दिल्साद अलिले ५१ तथा कप्तान आरिफ शेखले ५० रन बनाए । कुशल भुर्तेल ४ रनमा समेटिए ।