T10 T10

आर्मीसंग पुलिस पराजित

आइतबार, चैत ८, २०८२
Global

काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

आज भएको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २२ रनले हराउँदै आर्मीले जितको सुरुवनत गरेको हो । जितकालागि आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याउने क्रममा पुलिस २२१ रनमा अलआउट भयो ।

उसकालागि राशिद खानले सर्वाधिक ६० रनको योगदान गरे ।शंकर रानाले ४६ तथा आरिफ शेखले ३८ रन जोडेपनि जितकालागि पर्याप्त हुन सकेन ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मीले ४७ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनाएको थियो ।

आर्मीकालागि बसिर अहमदले शतक प्रहार गरे । भीम सार्कीले ६२ रन जोडे । 
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्