T10 T10

एपिएफद्वारा बागमतीसामु २७२ रनको लक्ष्य 

आइतबार, चैत ८, २०८२
Global

काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफले बागमती प्रदेशलाई जितलागि २७२ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको एपिएफले निर्धारित ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायोे । उसकालागि आशिफ शेखले शतकिय पारी खेले । १०५ बल खेलेका उनले १४ चौका र ३ छक्काको मद्धतमा ११४ रन बनाए । सन्दीप जोराले ५२ तथा लोकेश बमले २९ रन बनाए ।

बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ तथा इशान पाण्डेले २ विकेट लिए ।  
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्