सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफले विजयी सुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीलाई ७१ रनले हराउँदै एपिएफ विजयी भएको हो । जितकालागि एपिएफले दिएको २७२ रनको लक्ष्य पछ्याएको बागमती ४५.१ ओभरमा सवै विकेट गुमाउँदै २०० रनमा समेटियो ।
बागमतीकालागि बिबेक मगरले सर्वाधिक ३४ रनको योगदान गरे । सुवाश खत्रीले २७ तथा उत्तम मगरले २६ रन जोडे ।
बागमतीलाई सस्तैमा समेट्ने क्रममा रोहित पौडेल र अभिषेक गौतमले समान ३–३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको एपिएफले निर्धारित ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियोे । उसकालागि आशिफ शेखले शतकिय पारी खेले । १०५ बल खेलेका उनले १४ चौका र ३ छक्काको मद्धतमा ११४ रन बनाए । सन्दीप जोराले ५२ तथा लोकेश बमले २९ रन बनाए ।
बलिङतर्फ रिजन ढकालले सर्वाधिक ४ तथा इशान पाण्डेले २ विकेट लिए ।