सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दक्षिण अफ्रिका र न्युजल्याण्डबीचको टी–२० सिरिज रोमाञ्चक मोडमा पुगेको छ ।
आज भएको चौथो खेलमा दक्षिण अफ्रिकाले न्युजल्याण्डलाई १९ रनले हराएपछि पाँच खेलको श्रृखंला २–२ को बराबरीमा पुगेको हो । १६४ रनको लक्ष्य पछ्याएको न्युजल्याण्ड १८.५ ओभरको समाप्तीमा १४५ रनमा अलआउट हुन पुग्यो । उसकालागि टीम रोविन्सनले बनाएको ३२ रन सर्बाधिक रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । सिरिजको अन्तिम तथा निर्णायक खेल बुधवार हुनेछ ।