सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
मोरङ :विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान भलिबलमा छात्रतर्फ रेडस्टार कलेज, कान्तिपुर कलेज र विकेभिएम कलेज तथा छात्रातर्फ रेडस्टार कलेल र राष्ट्र निमार्ण कलेज विजयी भएका छन् ।
छात्रतर्फ पहिलो खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका शिसान्त पाण्डे घोषित भए ।
तेस्रो दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१८ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारका सुरज राई घोषित भए ।
खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका शिसान्त पाण्डे घोषित भए ।
छात्रातर्फ पहिलो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई २५–१४ र २५–१२ को सोझो सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी जेनिसा लामिछाने घोषित भइन् ।
दोस्रोे खेलमा राष्ट्र निमार्ण कलेजले विकेभिएम कलेजलाई १३–२५, २५–२२ र २५–२२ को सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णकी रानिसा थापा घोषित भइन् ।