हिसान भलिवल:  रेडस्टार,विकेभिएम, कान्तिपुर र राष्ट्र निमार्ण विजयी

बुधबार, माघ १४, २०८२

मोरङ :विराटनगर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान भलिबलमा छात्रतर्फ रेडस्टार कलेज, कान्तिपुर कलेज र विकेभिएम कलेज तथा छात्रातर्फ रेडस्टार कलेल र राष्ट्र निमार्ण कलेज विजयी भएका छन् ।

छात्रतर्फ पहिलो खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका शिसान्त पाण्डे घोषित भए ।

तेस्रो दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१८ को सोझो सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारका सुरज राई घोषित भए ।

खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच विकेभिएमका शिसान्त पाण्डे घोषित भए ।

छात्रातर्फ पहिलो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई २५–१४ र २५–१२ को सोझो सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच रेडस्टारकी जेनिसा लामिछाने घोषित भइन् ।

दोस्रोे खेलमा राष्ट्र निमार्ण कलेजले विकेभिएम कलेजलाई १३–२५, २५–२२ र २५–२२ को सेटलले परािजित गरेको छ । खेलको प्लेयर अफ द म्याच राष्ट्र निमार्णकी रानिसा थापा घोषित भइन् ।

 

 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्