T10 T10

अन्तिम टी–२० विश्वकप खेलिरहेका यी ७ खेलाडी

आइतबार, फागुन १०, २०८२
Global

काठमाडौँ:आईसीसी पुरुष टी–२० विश्व कप २०२६ अब अन्त्यतिर पुग्दै गर्दा सुपर–८ सुरु भइसकेको छ। तर यसबीच केही यस्ता स्टार क्रिकेटर छन्, जो यो संस्करणमा त मैदानमा देखिए, तर अर्को विश्वकपमा देखिने सम्भावना निकै कम देखिन्छ। उमेर, फर्म र करियरको मोडलाई हेर्दा यी खेलाडीका लागि यो अन्तिम टी–२० विश्वकप हुन सक्छ।

१. ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)
३७ वर्षका म्याक्सवेल अर्को विश्वकपसम्म ३९ पुग्नेछन्। हालको संस्करणमा पनि प्रदर्शन खासै चम्किलो छैन (९, ३१, २२ रन)। उमेर र फर्मले गर्दा अर्को संस्करण खेल्ने सम्भावना कमजोर।

२. मार्कस स्टोइनिस (अस्ट्रेलिया)
३६ वर्षका स्टोइनिस २०२८ सम्म ३८ पुग्नेछन्। उनी पहिले नै वनडेबाट सन्यास लिइसकेका छन्, त्यसैले टी–२० विश्वकप पनि अन्तिम हुन सक्ने संकेत।

३. क्वीनटन डीकक (दक्षिण अफ्रिका)
३३ वर्षका डीकक उमेरका हिसाबले अझै सक्षम देखिए पनि, हालका संकेतले यो अन्तिम टी–२० विश्वकप हुन सक्ने चर्चा।

४. जोस बटलर (इङ्ल्यान्ड)
३५ वर्षका बटलरको फर्म चिन्ताजनक छ (२६, २१, ३, ३ रन)। अर्को संस्करणसम्म ३७ पुग्ने भएकाले भविष्य अनिश्चित।

५. डेविड मिलर (दक्षिण अफ्रिका)
३६ वर्षका मिलर अर्को विश्वकपसम्म ३८ पुग्नेछन्। उमेरका कारण यो संस्करण उनको अन्तिम टी–२० विश्वकप बन्न सक्छ।

६. सूर्यकुमार यादव (भारत)
भारतीय कप्तान सूर्या अहिले ३५ वर्षका छन्। ३१ वर्षमा अन्तर्राष्ट्रिय डेब्यू गरेका उनले २०२८ सम्म ३७ पुग्नेछन् — उमेर ठूलो फ्याक्टर बन्न सक्छ।

७. बाबर आजम (पाकिस्तान)
३१ वर्षका बाबरका लागि उमेरभन्दा बढी खराब फर्म चिन्ताको विषय बनेको छ (१५, ४६, ५ रन)। निरन्तर दबाबले उनको टी–२० भविष्य अनिश्चित देखिन्छ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्