सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेट लगत्तै नेपाल लिग-टु मा ब्यस्त हुने भएको छ ।
आइसीसीको तालिका अनुसार नेपालले लिग-टु अन्तर्गत ओमान र युएईसंगको खेल घरेलु मैदानमै खेल्ने भएको हो । आगामी मार्च १० मा नेपालले ओमानसंग पहिलो खेल खेल्ने छ ।
आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको महत्वपूर्ण शृंखलामा नेपालले एउटा खेल मुलपानी क्रिकेट मैदानमा खेल्ने पक्का भएको छ । यो नेपाली क्रिकेट समर्थकहरूका लागि ऐतिहासिक क्षण हुनेछ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो शृंखलाले मुलपानीलाई विश्व क्रिकेटको मानचित्रमा अझ बलियो रूपमा स्थापित गर्नेछ ।