सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणको पहिलो खेल आज पाकिस्तान र न्युजिल्यान्ड बीच हुँदैछ। कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५बजे सुरु हुनेछ। दुवै टोली समूह चरणको अन्तिम खेल जित्दै सुपर–८ मा पुगेका हुन्।
समूह चरणमा दुवै टोलीले ४ मध्ये ३ खेल जितेका थिए भने १ खेल हारेका थिए। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र नामिबियालाई हराएको थियो। यस्तै, न्युजिल्यान्डले अफगानिस्तान, यूएई र क्यानडामाथि जित निकालेको थियो। पाकिस्तान भारतसँग पराजित भएको थियो भने न्युजिल्यान्ड दक्षिण अफ्रिकासँग हारेको थियो।
हेड–टु–हेड लगभग बराबरी टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तान र न्युजिल्यान्डबीचको प्रतिस्पर्धा निकै कडा देखिन्छ। दुवै टोलीबीच हालसम्म ४९ टी–२० खेल भएका छन्, जसमा पाकिस्तानले २४ खेल जितेको छ भने न्युजिल्यान्डले २३ खेल जितेको छ। दुई खेलको नतिजा भने आउन सकेको छैन।
तर टी–२० विश्वकपको इतिहासमा भने पाकिस्तानको पलडा भारी देखिन्छ। प्रतियोगितामा दुवैबीच भएका ७ खेलमध्ये ५ मा पाकिस्तान विजयी भएको छ भने न्युजिल्यान्डले २ खेल मात्र जितेको छ।