सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टारमा नेपालले भारतको 'ए' टोलीलाई जितकालागि ७९ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । नेपालले सुरुवात भने राम्रो गरेको थियो । तर लगातार विकेट गुमाउने क्रम नरोकिएपछि नेपालले पूरा ओभर समेत खेल्न सकेन । नेपालका लागी सम्झना खड्काले सर्वाधिक २२ रन जोडिन् । रुबि पोदार र कबिता जोशीले १२ ,बिन्दु रावलले ११ तथा कप्तान पूजा महत्तोले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा तनुजा कानवारले सर्वाधिक ४ विकेट लिइन् । मिन्नु मनीले ३ तथा राधा यादवले दुई विकेट हात पारिन् । जारी खेलमा नेपालले जित निकाल्न सकेको छैन ।
यसअघि नेपाल युएई र पाकिस्तानको ए टोलीसंग पराजित भइसकेको छ ।