सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर-८ मा पुग्ने चार टोलीको टुंगो लागेको छ ।
समुह 'सी' अन्तर्गत आज भएको खेलमा इटालीलाई २४ रनले हराउँदै इग्ल्याण्डले सुपर-८ मा स्थान सुरक्षित गरेको हो । यो संगै समुह 'सी'बाट सुपर-८ मा पुग्ने दुई टोलीको छिनोफानो भएको छ ।
यसअघि यहि समुहबाट वेष्टइण्डिज सुपर-८ मा पुगिसकेको छ । समुह 'डी'बाट दक्षिण अफ्रिकाले स्थान सुरक्षित गर्दा एक टोलीको टुंगो लाग्न बाँकी छ । यस समुह बाट न्यूजल्याण्डको सम्भावना उच्च छ ।
समुह 'बी'बाट कुनै पनि टोली पुगेका छैनन् । खेलेका दुबै खेल जितेको जिम्बाबे र श्रीलंका यो समुहबाट सुपर-८ मा पुग्ने देखिन्छ । समुह 'ए' बाट भारत सुपर ८ मा पुगिसकेको छ । यो समुहबाट पाकिस्तानले सुपर ८ मा स्थान बनाउने छ । तर नामिबियासंग पराजित भएमा अमेरिकाको सम्भावना बलियो देखिन्छ ।