T10 T10
टी–२० वल्र्ड कप

विश्वकपमा भारतको अग्नि परीक्षा, तगारो बन्न सक्छ दक्षिण अफ्रिका

बिहीबार, फागुन ७, २०८२
Global

काठमाडौँ :टी–२० वल्र्ड कप २०२६ को रोमाञ्चक यात्रा अब निर्णायक मोडमा पुगेको छ।

ग्रुप स्टेजमा सबैलाई पछि पार्दै शानदार प्रदर्शन गरेको घरेलु टोली भारतले अब सुपर–८ को पहिलो भिडन्तमा दक्षिण अफ्रिका जस्तो बलियो टोलीको सामना गर्नु पर्नेछ । 
अहमदाबादको मैदान :
हाई–भोल्टेज भिडन्त २२ फेब्रुअरी मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियम मा खेलिनेछ । भारतका लागि खुसीको कुरा के छ भने उनीहरूले आफ्नो अन्तिम खेल यही मैदानमा खेलेका थिए । जसले गर्दा घरेलु दर्शक र पिचको अवस्थाबारे उनीहरूलाई राम्रो ज्ञान छ । यसको फाईदा भारतले भरपुर उठाउन सक्नेछ ।  
हेड–टू–हेडः को बलियो 
हेड टु हेडमा  नजर लगाउने हो भने भारत बलियो देखिन्छ । तर दक्षिण अफ्रिका पनि फर्ममा छ ।

म्याच प्रकार कुल म्याच भारतको जित दक्षिण अफ्रिकाको जित नतिजा नआएको
कुल T20I ३५ २१ १३
T20 वर्ल्ड कप

सेमिफाइनलको बाटो यही खेलबाट ?
यो खेलको नतिजाले सेमिफाइनलको समीकरणमा ठूलो असर पार्नेछ। जित्ने टोलीले सेमिफाइनलको ढोका बलियो बनाउनेछ भने हार्ने टोलीमाथि ठूलो दबाब बढ्नेछ ।

विश्वकपको प्रबल दाबेदार भारतले प्रभाबशाली जितको लय कायम राख्न सक्ला, वा दक्षिण अफ्रिकी टोलीले बाजी मार्ला? आफ्नो प्रतिक्रिया दिनुहोला ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्