T10 T10

विश्वकपमा दक्षिण अफ्रिका अपराजित

बुधबार, फागुन ६, २०८२
Global

काठमाडौँ:आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समुह चरणमा दक्षिण अफ्रिका अपराजित रहेको छ ।

बुधवार भएको खेलमा युएइलाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार चौथो जित निकालेको हो । जितकालागि युएईले दिएको १२३ रनको समान्य लक्ष्य दक्षिण अफ्रिकाले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।  

पहिलो खेलमा क्यानाडालाई ५७ रनले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा दक्षिणअफ्रिकाले न्युजल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो । समुह 'डी' मा रहेको दसक्षण अफ्रिका र न्युजल्याण्ड सुपर एटमा पुगिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्