T10 T10

विश्वपमा आज तीन खेल हुदैँ

बिहीबार, फागुन ७, २०८२
Global

काठमाडौँ :आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्।

पहिलो खेलमा समूह ‘सी’को वेस्ट इन्डिज र पहिलो पटक विश्वकप खेलिरहेको इटालीबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलबाट ६ अंक जोड्दै वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ। इटालीले भने दुई अंक बटुलेको छ र आजको खेल उसले प्रतिष्ठाका लागि खेल्नेछ। खेल बिहान ११ बजेर १५ मिनेटमा ईडेन गार्डेन मा सुरु हुनेछ।

दोस्रो खेलमा समूह ‘बी’का सुपर आठ पुगिसकेका श्रीलंका र जिम्बाबे आमनेसामने हुँदैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा कोलम्बो मा सुरु हुनेछ।

त्यस्तै, तेस्रो खेलमा समूह ‘डी’का अफगानिस्तान र क्यानडा प्रतिस्पर्धा गर्नेछन्। खेल साँझ ७ बजेर १५ मिनेटमा चेन्नई मा हुनेछ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्