सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्ग आफ्नो दोस्रो खेलमा नेपालले इटाली विरुद्ध खराब प्रदर्शन गरेको छ ।
विश्वविजेता इङल्याण्डबिरुद्ध सशक्त प्रदर्शन गरेको नेपालले निर्णायक मानिएको खेलमा खराब प्रदर्शन गरेको हो । मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओरभरमा सवै विकेट गुमाउँदै १२३ रनमा समेटियो ।
नेपालकालागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २३ तथा आशिफ शेखले २० रन जोडे । करण केसी १८ रनमा अविजित रहे । खेलको सुरुवाती देखिनै इटालीको दबामरहेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो ।
दिपेन्द्र सिं ऐरी १७ रनमा समेटिदाँ सन्दीप लामीछानले ५ रन जोडे ।
लोकेश बम र गुल्शन झा समान ३–३ रनमा समेटिए । नन्दन यादबले खाता नै खोल्न सकेनन् ।