T10 T10

दीपेन्द्रसिंह टी–२० अलराउन्डर वरीयताकोचौथो स्थानमा उक्लिए

बुधबार, फागुन ६, २०८२
Global

काठमाडौं :नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० आई अलराउन्डर वरीयतामा चौथो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनले दुई स्थान सुधार गरेका हुन्। यसअघि उनी छैटौं स्थानमा थिए।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि ऐरीको वरीयता उक्लिएको हो। उनले चार खेलमा दुई अर्धशतकसहित १६९ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थान बनाए। बलिङतर्फ १३ ओभरमा ८९ रन खर्चेर दुई विकेट लिएका उनले ती विकेट इंग्ल्यान्डविरुद्ध लिएका थिए। सो खेलमा नेपाल ४ रनले पराजित भएको थियो।

नयाँ वरीयतामा पाकिस्तानका साइम अयुब शीर्ष स्थानमा छन्। जिम्बाब्वेका सिकन्दर रजा दोस्रो र भारतका हार्दिक पाण्ड्या तेस्रो स्थानमा छन्।

अन्य नेपाली खेलाडीमध्ये कुशल भुर्तेल एक स्थान सुधार गर्दै २२औं स्थानमा पुगेका छन्। कप्तान रोहितकुमार पौडेल ३९औं स्थानमा रहँदा गुल्शनकुमार झा ७२औं स्थानमा झरेका छन्।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्