सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आईसीसी टी–२० विश्वकप क्रिकेट नेपालले सान्त्वना जित निकालेको छ ।
मंगलवार राती भएको अन्तिम खेलमा स्कटल्याण्डलाई ७ विकेटले हराउँदै नेपालले एक जित सहित विश्वकपको सुखद अन्त्य गरेको छ । जितकालागि स्कटल्याण्डले दिएको १७१ रनके लक्ष्य नेपालले ४ बल बाँकी छँदै पुरा गर्यो ।
नेपालको जितमा दिपेन्द्र सिं ए्रीले किर्तिमानी अर्धशतक प्रहार गरे । २३ बल खेलेका उनले ५० रन जोडे । यो विश्वकपमा दिपेन्द्रको दोस्रो अर्धशतक हो । ऐरी विश्वकपमा सर्बाधिक रन बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
कुशल भुर्तेलले ४३,आशिफ शेखले ३३ , तथा कप्तान रोहित पौडेलले १६ रन बनाउँदा गुल्शन झा २४ रनमा अविजित रहे । कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटकालागि ७४ रनको साझेदारी ,गरेका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको स्कटल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।