T10 T10
महिला एसिया कप राइजिङ स्टार

भारतकाे ए टोलीसंग नेपाल ७ विकेटले पराजित 

मंगलबार, फागुन ५, २०८२
Global

काठमाडौँ :थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टारमा नेपाल जित बिहिन बनेको छ ।

लगातार दुई हारसंगै समुह चरणबाट बाहिरिसकेको नेपाल आज भएको अन्तिम खेलमा भारतको 'ए' टोलीसंग ७ विकेटले पराजित भएसंगै जितबिहिन रित्तो हात फर्किएको हो । जितकालागि नेपालले दिएको ७९ रनको सामान्य लक्ष्य भारतको 'ए' टोलीले ७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । भारतको जितमा   दिनेश बृन्दाले अविजित ३७ रन बनाइन् ।  बलिङतर्फ सिता राना मगर,मनिषा उपाध्याय र अनु कठायतले १-१ विकेट लिईन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । नेपालले सुरुवात भने राम्रो गरेको थियो । तर लगातार विकेट गुमाउने क्रम नरोकिएपछि नेपालले पूरा ओभर समेत खेल्न सकेन । नेपालका लागी सम्झना खड्काले सर्वाधिक २२ रन जोडिन् ।

रुबि पोदार र कबिता जोशीले १२-१२ ,बिन्दु रावलले ११ तथा कप्तान पूजा महत्तोले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा तनुजा कानवारले सर्वाधिक ४ विकेट लिइन् । मिन्नु मनीले ३ तथा राधा यादवले दुई विकेट हात पारिन् । यसअघि नेपाल युएई र पाकिस्तानको 'ए' टोलीसंग पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्