सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आईसीसी टी–२० विश्वकप क्रिकेटमा उपाधि दाबेदार पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबारराती भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोट्र्स क्लब मैदानमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।
उसकालागि लागि शुभम रन्जानेले ३० बलमा ५१ रन बनाए भने शायन जहांगिर ४९ रनमा आउट भए। मिलिन्द कुमारले २९ रन जोडे।पाकिस्तानका उस्मान तारिकले ३ विकेट लिए। शदाब खानले २ विकेट लिँदा शाहिन शाह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। साहीबजादा फरहानले ७३ रनको उत्कृष्ट पारी खेले। बाबर आजमले ४६ तथा शदाब खानले ३० रन जोडे। लगातार दुई जितसँगै पाकिस्तान ४ अंकसहित समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ । उक्त समुहमा रहेको भारत दोस्रो स्थानमा छ ।
भारतले एक मात्रै खेल खेलेको छ । पहिलो खेलमा भारतले अमेरिकालाई पराजित गरेको थियो ।