सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:टी-२० विश्वकपको इतिहासमा आज अहिलेसम्म नदेखिएको ऐतिहासिक दृश्य देखिएको छ, जहाँ दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराउन दुई-दुई वटा सुपर ओभरको सहारा लिनुपर्यो। निर्धारित २० ओभरको खेल टाई भएपछि सुरु भएको रोमाञ्चक प्रतिष्पर्धामा अन्ततः दक्षिण अफ्रिकाले बाजी मार्यो।
खेलको पहिलो सुपर ओभरमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १७ रन बनायो जसमा पहिलो दुई बलमै ४ र ६ रन बनेका थिए। जवाफमा दक्षिण अफ्रिकाले पनि उत्तिकै आक्रामक ब्याटिङ गर्दै अन्तिम बलमा छक्का प्रहार गरेर १७ रन नै जोडेपछि खेल पुनः बराबरीमा सकियो। पहिलो सुपर ओभर पनि बराबर भएपछि विश्वकपको नियमअनुसार दोस्रो सुपर ओभर खेलाइयो।
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले विस्फोटक ब्याटिङ गर्दै २४ रनको विशाल लक्ष्य खडा गर्यो, जसमा दक्षिण अफ्रिकाका ब्याटरले तीनवटा छक्का प्रहार गरे। २४ रनको कठिन लक्ष्य पछ्याएको अफगानिस्तानले पहिलो बल डट खेल्नु र दोस्रो बलमा मोहम्मद नबी आउट हुनु महँगो साबित भयो। अफगानिस्तानले ६ बलमा १८ रन मात्र बनाउन सक्यो र दक्षिण अफ्रिकाले यो ऐतिहासिक डबल सुपर ओभरको खेल ४ रनले जित्यो।