T10 T10

न्युजल्याण्डलाई क्यानाडाले दियो विशाल लक्ष्य

मंगलबार, फागुन ५, २०८२
Global

काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले न्यूजल्याण्डलाई जितकालागि रनको १७४ लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको क्यानाडाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो । उसकालागि १९ बर्षिय युवा युवराज शाम्राले बिस्फोटक शतकिय ब्याटिङ गरे । ६५ बलको सामना गरेको उनले ११ चौका र ५ छक्काको मद्धतमा ११० रन जोडे । कप्तान लिप्रित बजवाले ३६ रन बनाए ।

समुह 'डी'मा रहेको न्यूजल्याण्डलाई सुपर-८ मा पुग्न जित्नै पर्ने दबाब छ । आजको खेल न्यूजल्याण्डले हारेमा समुह 'डी'बाट युएई,अफगानिस्तान र क्यानाडाले पनि सुपर-८ को सम्भावना कायमै राख्ने छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्