T10 T10

न्युजिल्यान्डसँग युएईको लज्जास्पद हार

मंगलबार, माघ २७, २०८२
Global

काठमाडौँ :आइसिसी टी–२० विश्वकप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) ले न्युजिल्यान्डविरुद्ध लज्जास्पद हार बेहोरेको छ । चेन्नाईमा मङ्गलबार सम्पन्न समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले युएईलाई १० विकेटले पराजित गर्दै एकतर्फी दबदबा प्रस्तुत गर्‍यो । १५ दशमलव २ ओभरमै लक्ष्य पूरा गर्दै न्युजिल्यान्डले युएईको बलिङ आक्रमण पूर्ण रूपमा निष्प्रभावी बनायो ।

एक सय ७४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका ओपनर टिम सेफर्ट र फिन अलेनले सुरुदेखि नै आक्रामक ब्याटिङ गरे । सेफर्ट ८९ रनमा अविजित रहँदा अलेनले ८४ रन जोडे । दुवैले विकेट गुमाउनै नदिई सहज जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । तर बलिङमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा युएई खेलमा फर्किनै सकेन ।

लगातार दोस्रो जितसँगै न्युजिल्यान्ड चार अङ्कसहित समूहको शीर्षस्थानमा पुगेको छ भने युएईले हारबाट विश्वकप यात्रा सुरु गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्