सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पाकिस्तानलाई हराउँदै भारत आईसीसी टी–२० विश्वकपको सुपर एटमा पुगेको छ ।
आइतवार राती भएको खेलमा पाकिस्तानलाई ६१ रनले हराउँदै भारत समुह चरणको एक खेल अगावै सुपर एटमा पुगेको हो । जितकालागि भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनमा समेटियो ।
उसकालागि उस्मान खानले सर्वाधिक ४४ रनको योगदान गरे । साहिन शाह अफ्रिदी २३ रनमा अविजित रहँदा सादब खानले १४ तथा फइम असरफले १० रन जोडे ।
त्यसअघि श्रीलंकामा टस हारेर पहिले ब्याटिङमा तानिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । भारतकालागि इशान किसनले ७७ रनको अर्धसतकिय पारी खेले ।
कप्तान सुर्य कुमार यादवले ३२ तथा सिभम दुवेले २७ रन बनाए ।