T10 T10

टी–२० विश्वकपमा आज तीन खेल हुँदै

मंगलबार, माघ २७, २०८२
Global

काठमाडौँ: आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुने भएका छन् ।

पहिलो खेलमा नेदरल्यान्डस र नामिबियाबीच बिहान सवा ११ बजे प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा पराजित नेदरल्यान्ड्सलाई जित्ने पर्ने दबाब छ । नामिबिया भने पहिलो खेल खेल्दैछ । दिउँसो सवा ३ बजे हुने दोस्रो खेलमा न्युजिल्यान्ड र यूएई भिड्दैछन् । साँझ सवा ७ बजे हुने अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्