सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालको यात्रा समूह चरणमै सीमित भएको छ ।
आइतवार मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा सम्पन्न खेलमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै नेपाल समुह चरणबाटै बाहिरिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। सुरुवातमा धरमराएको नेपाली ब्याटिङलाई उपकप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाले उनले ४७ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले ।
दीपेन्द्र टी–२० विश्वकपको इतिहासमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि सन् २०१४ मा सुबास खकुरेलले यो उपलब्धि हासिल गरेका थिए । तल्लो क्रममा सोमपाल कामीले आक्रामक २६ रन जोड्दै दीपेन्द्रसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरे । यद्यपि, पावर प्लेमा मात्र २२ रन जोडेर ३ विकेट गुमाउनु नेपालका लागि घातक सिद्ध भयो। वेस्ट इन्डिजका लागि १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान शाई होपले अविजित ६१ र शिमरोन हेतमायरले ४६ रन बनाउँदै १५ दशमलव २ ओभरमै जित सुनिश्चित गरे। नेपालका लागि एकमात्र विकेट नन्दन यादवले हात पारे ।