T10 T10
टी-ट्वान्टी विश्वकप

वानखेडेमा नेपाली झण्डा र 'बालेन' क्रेज: विश्वकपको मैदानबाटै फेरिने भो त नेपालको राजनीति?

आइतबार, माघ २५, २०८२
Global

काठमाडौँ:आइसीसी मेन्स टी-ट्वान्टी विश्वकपमा नेपालको खेल हेर्न दर्शकहरु तीन घण्टा अगाडी नै भारतको वानखेडे रंगशालामा उर्लिएका छन् ।

विभिन्न देशहरुबाट नेपाली समर्थकहरु त्यहाँ पुगेका हुन् । नेपालको खेल हेर्नकै लागि युकेबाट भारत आएका समर्थकहरुले रंगशाला बाहिर रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो भन्दै गीत गाएर नेपाली पन झल्काएका छन् । खेल हेर्न बालबालिका युवादेखि बृद्धवृद्धाहरुसमेत उर्लिएका छन् । उनीहरुले रातो र चन्द्र सूूर्य अंकित नेपाली झण्डा फहराएर नेपाली क्रिकेट टिमको हौसला बढाईरहेका छन् । नेपाली ढाका टोपी र जर्शी लगाएका समर्थकहरुको उत्साहले नेपालीहरुको खेल प्रतिको लगाब झल्काइरहेको छ । 
झनै रोचक विषय त के छ भने खेल हेर्न मुम्बई पुगेका नेपाली समर्थकहरुले नेपालमा तातिईरहेको चुनावी माहोलाई रंगशालाबाहिर देखाइरहेका छन् । 
केही खेलप्रेमीहरुले अबकी बार बालेन सरकार लेखिएको ब्यानर नै टाँगेर रास्वपा वरिष्ठ नेता बालेन शाहको पक्षमा मत मागेका छन् । उनीहरुले चर्का नाराबाजीसमेत गरेका छन् । रास्वपाका नेता बालेन झापा ५ मा रास्वपाका उम्मेदवार छन् ।

उनले आज बिहानै सामाजिक सञ्जालमार्फत विश्वकप खेल्न मैदान उत्रिएका नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्