सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीसंग लज्जास्पद हार ब्यहोरेको छ ।
आज भएको आफ्नो दोस्रो खेलमा नेपाल इटालीसंग १० विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओररमा कुनैपनि विकेट नगुमाई पूरा गर्यो । इटालीको जितमा एन्थोनी मोस्का र जस्टिन मोस्का ले अर्धशतकिय पारी खेल्दै क्रमश ६२ र ६० रनमा अविजित रहे ।
आज नेपालका कुनै पनि बलर इटाली विरुद्ध हाबी हुन सकेन । सन्दीप लामीछाने सबैभन्दा महंगो बने । ३ ओभर बलिङ गरेका उनले ३१ रन खर्चे । त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओरभरमा सवै विकेट गुमाउँदै १२३ रनमा समेटियो ।
नेपालकालागि आरिफ शेखले सर्वाधिक २७ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २३ तथा आशिफ शेखले २० रन जोडे । करण केसी १८ रनमा अविजित रहे । खेलको सुरुवाती देखिनै इटालीको दबामरहेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो । दिपेन्द्र सिं ऐरी १७ रनमा समेटिदाँ सन्दीप लामीछानले ५ रन जोडे ।
लोकेश बम र गुल्शन झा समान ३–३ रनमा समेटिए । नन्दन यादबले खाता नै खोल्न सकेनन् ।