सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी टी–२० विश्वकप क्रिकेट भोली शनिबारबाट सुरु हुँदैछ ।
भारत र श्रीलंकाको संयुक्त रुपमा आयोजनामा हुन लागेको प्रतियोगिताको उद्धघाटन खेलमा पाकिस्तान र श्रीलंकाबीच नेपाली समयअनुसार बिहान सवा ११ बजे कोलम्बोमा प्रतिस्पर्धा हुँदैछ । भोली नै दिउँसो सवा ३ बजे भारतमा हुने खेलमा वेष्टइण्डिज र स्कटल्याण्ड आमने सामने हुने छन् । बेलुका सवा ७ बजे हुने तेस्रो तथा अन्तिम खेलमा भारत र अमेरिका भिड्नेछन् ।
विश्वकपकालागि अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले कमेन्ट्रीकालागि ४० जनाको जम्बो टोली टुंगो लगाएको छ । १०औँ संस्करणको यस विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेटका पूर्व दिग्गज र वर्तमान स्टारहरूले कमेन्ट्री गर्नेछन् । यी हुन बिश्वकपका कमेन्टेटरहरु : प्रसारण टोलीः रवि शास्त्री, नासिर हुसेन, इयान स्मिथ र इयान बिशप,एन्ड्रयू लियोनार्ड जस्ता प्रख्यात व्यक्तित्वहरूले कमेन्ट्री टोलीको नेतृत्व गर्नेछन्।
विश्वकप विजेताहरूको साथः टोलीमा आरोन फिन्च, दिनेश कार्तिक, कुमार सङ्गाकारा, स्यामुएल बद्री, रोबिन उथप्पा र कार्लोस ब्रेथवेट जस्ता विश्वकप विजेताहरू सहभागी छन्।
वर्तमान खेलाडीहरूः दक्षिण अफ्रिकाका कप्तान टेम्बा बावुमा र श्रीलङ्काका पूर्व कप्तान एन्जेलो म्याथ्युजले पनि यस पटक कमेन्टेटरको भूमिका निभाउनेछन्।
प्रसारण संरचनाः ५५ वटा खेलहरूको प्रत्यक्ष प्रसारणमा प्रि–म्याच शो, इनिङ्स इन्टरभल कार्यक्रम, र पोस्ट–म्याच समावेश हुनेछ । नेपालमा विश्वकपको प्रसारण कान्तिपुर म्याक्सले गर्नेछ । जसमा नेपालका मुख्य खेलहरूमा नेपाली कमेन्ट्री पनि उपलब्ध हुनेछ ।