सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:आइसीसी टी–२० विश्वकपअगाडिको अन्तिम अभ्यास खेलमा नेपाल क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो।
क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे भने श्रेयस मोव्वाले अविजित ३८ रन बनाए। अन्त्यतिर आक्रामक बनेका मोव्वाले १८औँ ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै टोलीको स्कोर उकासे।
कन्वरपाल ताथगुरले २५ रन जोड्दा जास्करन सिंहले ११ बलमा २१ रन बनाउँदै तीन छक्का प्रहार गरे।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए। कुशल भुर्तेलले तीन ओभरमा दुई विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्सलाई सात विकेटले पराजित गरेको थियो।