टी–२० विश्वकप वार्मअप

नेपालले आज क्यानाडासंग खेल्दै

बिहीबार, माघ २२, २०८२

काठमाडौँ :आईसीसी टी–२० विश्वकपको वार्मअप खेलमा नेपालले आज क्यानाडासंग खेल्दैछ ।

भारतको चेन्नेईमा दिउँसो १:१५ बजे हुने खेलमा नेपाल क्यानाडालाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युएईविरुद्ध ७ विकेटको शानदार जित निकालेको नेपाल उच्च मनोबलमा छ । क्यानाडा भने पहिलो जितको खोजिमा हुनेछ । यसअघि भएको पहिलो खेलमा क्यानाडा इटालीसंग १० रनले पराजित भएको थियो ।

हेड टु हेटमा क्यानाडा बलियो देखिन्छ । पछिल्लो चार भेटमा क्यानाडाले तीन खेलमा जित निकाल्दा नेपालले एक मात्र जित निकालेको छ । सन् २०२२ मा भएको टी २० विश्वकप क्वालीफायरमा नेपालले क्यानाडालाई ८ विकेटले हराएको थियो ।

सन २०२४ मा क्यानाडा,ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले क्यानाडासंग भएको दुबै खेल हारेको थियो । पहिलो खेलमा १४ रनको हार भोगेको नेपालले दोस्रो खेल ४ विकेटले गुमाएको थियो । सन् २०२४ को टी २० विश्वपक अघिको वार्मअप खेलमा क्यानाडाले नेपाललाई ६३ रनले हराएको थियो । उक्त खेलमा जितकालागि क्यानाडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सवै विकेट गुमाउँदै १२० रनमा समेटिएको थियो ।

त्यतिबेला अहिलेको बिश्वकप टोलीमा नपरेका कुशल मल्लले सर्बाधिक ३७ रन बनाएका थिए । अनिल शाहले २४ तथा आशिफ शेखले २२ रन जोडेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्