विश्वकप वार्मअप: आज चार खेल हुँदै

बुधबार, माघ २१, २०८२

काठमाडौँ :आईसीसी टी–२० विश्वकप २०२६ को वार्म अप अन्तर्गत आज चार खेलहरु हुने भएका छन् ।

आज दिउँसो सवा १ बजे हुने पहिलो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा ३ बजे हुने खेलमा वेष्टइण्डिज र अफगानिस्तान भिड्ने छन् ।

बेलुकी सवा ५ बजे हुने तेस्रो खेलमा आयरल्याण्ड र पाकिस्तान आमने समाने हुन लागेका छन् ।

साँझ सवा ७ बजे हुने चौथो तथा अन्तिम खेलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्