युएई विरुद्ध नेपालको शानदार जित 

मंगलबार, माघ २०, २०८२

काठमाडौँ:आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो अभ्यास खेलमा नेपालले युएईलाइ हराएको छ ।

भारतमा आज साँझ भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको  हो । जितकालागि यूएईले दिएको एक सय ४६ रनको लक्ष्य नेपालले १७ ओभमा मात्र ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा आरिफ शेख र दिपेन्द्र सिं ऐरीले बिस्फोटक ब्याटिङ गरे । शेखले सर्वाधिक ६१ तथा ऐरी ५० रनमा अविजित रहे ।  रोहित पौडेलले १६ रन बनाउँदा कुशल भुर्तेल र आशिफ शेखले समान ८-८ रन जोडे ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४५ रन बनाएको थियो । 
यूएईका सोएब खानले सर्वाधिक ३८ रन बनाए। हर्सिद कौशिकले ३५, आर्सन शर्माले २५, मोहम्मद जोएबले १९ तथा अलिशान सरफुले १२ रन जोडे।

नेपालका करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार क्यानाडासँग खेल्नेछ।
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्