युएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

मंगलबार, माघ २०, २०८२

काठमाडौँ:आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो अभ्यास खेलमा यूएईले नेपाललाई जितका लागि एक सय ४६ रनको लक्ष्य दिएको छ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४५ रन बनाएको हो।

यूएईका सोएब खानले सर्वाधिक ३८ रन बनाए। हर्सिद कौशिकले ३५, आर्सन शर्माले २५, मोहम्मद जोएबले १९ तथा अलिशान सरफुले १२ रन जोडे।

नेपालका करण केसी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार क्यानाडासँग खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्